IME Life New

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, को–को बने मन्त्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।

ओलीको क्याबिनेटमा कांग्रेसका तर्फबाट १० जना, एमालेका तर्फबाट ८, जसपाका तर्फबाट २ र लोसपाका तर्फबाट एकजना मन्त्री बनेका छन्। कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु सरकारमा पठाएको छ। सिंह उपप्रधान तथा सहरी विकासमन्त्री भएका छन्।

Esewa
Crest

यसैगरी कांग्रेबाट गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटनमन्त्री बन्ने भएका छन्।

उता एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बनेका छन्।

यसैगरी लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् भने जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिकामन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS