IME Life New

केपी ओली नेतृत्वको सरकारमा को-को बन्दैछन् मन्त्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सत्तागठबन्धन मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लगाएका छन्। सत्ता साझेदारका मुख्य घटक नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लगाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्नेछन्। उनीसँग नयाँ मन्त्रिमण्डलका सदस्यहरुले शपथ लिने तयारी भइरहेको छ।

Esewa
Crest

राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनसहित प्रधानमन्त्री दाबी गरेका थिए।

एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पाएको छ। कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पाएको छ।

कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गर्ने सहमति भएको स्रोत बताउँछन्। ‘सिंहको मन्त्रालय टुंगो लागेको छैन’, स्रोतले भन्यो, ‘गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवा र अजय चौरसियलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय भएको छ।

कांग्रेसबाट मन्त्री पाउनेमा तेजुलाल चौधरी पनि छन् भने दीपक गिरी, किशोरसिंह राठोर, दीपक खड्का र ऐनबहादुर शाहीमध्येबाट एकजना मन्त्री बन्नेछन्।

एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएको छ। पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने लगभग पक्का भएको छ। मन्त्री बन्नेमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीको नाम पनि अगाडि आइरहेको एमाले स्रोत बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS