Connect IPS
IME Life

नयाँ सरकार गठन अघि शेयर बजारमा हरियाली, करिब ५३ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । नयाँ सरकार गठन प्रक्रियालाई शेयर बजारले हरियो कार्पेट ओछाएर स्वागत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली आज साझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । ओली सहित केही मन्त्रीहरुले भोलि सपथ लिँदैछन् । नयाँ सरकार गठन प्रक्रियाले गर्दा बजार सकारात्मक देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ५२ दशलमव ९७ अंकले बढेर २,२५७ को विन्दुमा कायम भएको छ । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ अंकले घटेको छ ।

आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै रिडी पावर र माण्डु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरे गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS