काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. मणिराज पोखरेलले पाएका छन् । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सिइओ डा. जुगल भूर्तेलको कार्यकाल २०८१ साउन २ गतेसम्म रहेकोमा निजले व्यक्तिगत कार्य व्यस्तताको कारण सेवामा निरन्तरता दिन असमर्थ रहेको उल्लेख गरेपछि नयाँ सीईओ नियुक्त नभएसम्मका लागि पोखरेललाई उक्त जिम्वेवारी दिने निर्णय गरेको हो ।