IME Life New

सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्न ढकालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन्।

काठमाडौंमा शनिबार आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेस गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। ‘विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि पछिल्ला बर्षहरुमा सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवावर्ग अहिले पनि निकै नै ठूलो संख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ’, उनले भने।

Esewa
Crest

युवा जनसंख्या धेरै भएको देश नेपालमा अहिले ठूलो संख्याका युवाहरु सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको ढकालको तर्क थियो । नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत आगामी दशकलाई सूचना प्रविधि दशकका रुपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक बर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसंग उल्लेख गर्दै उनले यसका लागि यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए।

सूचना प्रविधि अहिलेको समाजको जीवन पद्दति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अंगिकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘नेपालमा पनि मेडिकल, इन्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएका छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ ।’

अध्यक्ष ढकालले नेपालमा रहेको यस क्षेत्रको सम्भावनाअनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे। नेपालमा अहिले पनि करिब ५०० सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै उनले राज्यले उचित नीति अख्तियार गर्यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनी केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS