IME Life New

राष्ट्रपतिद्वारा धारा ७६ (२) बमोजिम सरकार गठन गर्न आह्वान, समय आइतबार साँझ ५ बजेसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। यसका लागि दाबी पेस गर्न उनले आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत नपाएनन्। राष्ट्रपतिबाट आह्वान गरिएको संविधानको यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले मिलेर सरकार बनाउन सक्नेछन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी मिति असार ३० गते आइतबार अपराह्न ५ बजे भित्र पेस गर्न आह्वान भएको छ।’

Esewa
Crest

अर्को सरकार गठन नभएसम्मका लागि दाहाल नेतृत्वको मन्त्रिपरिषदलाई नै कार्य सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रपति पौडेलले तोकेका छन्। प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि दाहाल पदमुक्त भएका छन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्थ्यो। तर, उनको पक्षमा ६३ मतमात्र परेको थियो। विपक्षमा १९४ मत र मत दिन्नँ भन्नेमा जम्मा १ मत परेको थियो।

दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसयता गठबन्धन फेरबदल गर्दै प्रधानमन्त्री दाहालले शुक्रबार पाँचौँपटक विश्वास मत प्रस्ताव पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS