IME Life New

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत, १८ महिनापछि ढल्यो सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। योसँगै उनी पदमुक्त भएका छन्। दाहाल नेतृत्व सरकार पनि १८ महिनापछि ढलेको छ।

प्रतिनिधिसभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै दाहाल प्रधानमन्त्री पदमुक्त भएका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। तर, दाहालको पक्षमा ६३ मत मात्र परेको हो। प्रस्तावको विपक्षमा १९४ मत परेको छ भने मत दिन्न भन्नेमा १ मत परेको छ। २५८ जनाले मात्र मतदान गरेका थिए।

Esewa
Crest

सरकारको ठूलो घटक नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए। संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

दाहाललाई आफ्नै दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS