काठमाडौं । माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको सोही बैठकले अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठले आफ्नो कार्यव्यस्तताका कारण दिएको राजीनामा कम्पनीको सोही बैठकले स्वीकृत गरेको छ ।