IME Life New

यो साता ४% ले बढ्यो नेप्से, लघुवित्तमा चमक देखिँदा कुन सेक्टरको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्तमान सरकारको परिवर्तन हुने निश्चित भएपछि यो साता शेयर सकारात्मक प्रभाव परेको छ। लामो समयदेखि साइवेजमा चलेको बजार यो साता लगानीकर्ताको मनोबल बढ्दा उकालो लागेको हो।

यो साता ५ कारोबार दिनमा ३ दिन बजार बढ्यो भने २ दिन घटेको छ। यो साता नेप्से परिसूचक ४ प्रतिशत अर्थात ८४.९१ अंकले बढेर २२०४.६१ को विन्दुमा उक्लिएको छ। करिब १ वर्षपछि शेयर बजार सूचक नेप्से २२०० माथि उक्लिएको हो।
बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेको छ भने २ वटा घटेको छ।

Esewa
Crest

यो साता व्यापार र वित्त समूहबाहेक अरु सबै समूह बढेको छ। व्यापार समूह सर्वाधिक ३.६५ प्रतिशतले घटेको छ भने वित्त समूहमा ०.४७ प्रतिशतको गिरावट आएको छ।

सर्वाधिक बढ्ने सूचकमा लघुवित्त समूह रहेको छ। यो समूह ६.६० प्रतिशतले बढेको छ। बैंकिङ समूहमा यो साता चमक देखिएको छ। बैंकिङ समूह ५.३४ प्रतिशतले बढेको छ।

यसैगरी जीवन बीमा समूहमा ५.०६ प्रतिशत, अन्य समूहमा ४.४५ प्रतिशत, विकास बैंक समूहमा ४.०३ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.८० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ३.२४ प्रतिशत, लगानी समूहमा ३.११ प्रतिशत, जलविद्युत समूहमा २.६६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा १.१५ प्रतिशतको बढोत्तरी भएको छ।

शेयर बजार बढ्दा नेप्सेको कुल बजार पुँजीकरण पनि बढेर ३४ खर्ब ९६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो बजार पुँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताको सम्पत्ति १ खर्ब ३४ अर्ब ८६ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS