IME Life New

नेपालकै पहिलो बैंक नेपाल बैंकमा जागिर खुल्यो, २७६ जना माग आवेदन कसरी गर्ने?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटडले आफ्नो केन्द्र तथा प्रदेश स्तरमा एकै पटक विभिन्न पदमा २७६ जना कर्मचारी माग गरेको छ, उमेर हद का कारण ठुलो संख्यामा कर्मचारीको बिदाई सगै, राष्ट्र बैंकको निर्देशन अनुरुप शाखा विस्तार गर्नुपर्ने भएको कारण बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले सहायक प्रवन्धकको लागि ८० जना कर्मचारी माग गरेको छ। त्यस्तै सात वटै प्रदेशको लागि ४ औ तहको सहायक पदमा १९६ जना कर्मचारी माग गरेको जनाएको छ।

Esewa
Crest

बैंकले प्रदेश नं एकमा सहायक पदकालागि ४० जना, प्रदेश नं २ मा २८ जना, प्रदेश नं ३ मा ४२ जना, प्रदेश नं ४ मा २६ जना, प्रदेश नं ५ मा ३५ जना, प्रदेश नं ६ मा १३ जना र प्रदेश नं ७ मा १२ जनाको लागि विज्ञापन खुला गरेको हो।

सहायक प्रबन्धकको लागि सम्बन्धित पदको क्षेत्रमा स्नातकोत्तर र सहायक पदकालागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक गरेको हुनु पर्नेछ। इच्छुक आवेदकले जेठ १० गतेसम्म अनलाइन प्रणालीबाट आवेदन दिन पाउनेछन्। आवश्यक कागजपत्र स्क्यान गरेर अनलाइन प्रणालीमा पेस गर्नुपर्ने बैंकले जनाएको छ।

चौथो तहको सहायक पदमा उत्तीर्ण आवेदकले सुरु नियुक्ती भएको क र ख समूहका कार्यालयमा न्यूनतम ५ वर्ष, ग समूहका शाखा कार्यालयमा ६ वर्ष र घ र ङ समूहका शाखा कार्यलयमा ७ वर्षसम्म न्यूनतम सेवा गर्नुपर्ने बैंकले जनाएको छ।

बिस्तृत विवरणको लागि तलको लिंकमा जानु होला:-http://cms.nepalbank.com.np/Uploads/Files/Post%20Files/Vacancy%20_Open_Competition_2075

_20180504000754.pdf

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS