Connect IPS
IME Life

नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्की नियुक्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमा कम्पनीहरूका लागि बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम ललिपुरमा सम्पन्न भएको छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने मार्गर्दशनमा भएका बीमाङ्की नियुक्ति सम्बन्धी समग्र व्यवस्थाहरूका बारेमा बीमकहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम दुई दिनसम्म संचालन भएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा कम्पनीहरूले गर्ने व्यवसाय बढ्ने क्रममा रहेको र त्यस क्रममा व्यवसायको जोखिम तथा जटिलता पनि बढ्ने हुँदा बीमाङ्कीको महत्व अझ बढी रहेको बताइन् । उनले बीमाङ्की नियुक्ति प्रक्रियालाई सहज बनाउन प्राधिकरणबाट बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन जारी भएको स्पष्ट गरिन् ।

Prabhu
Crest

यही असार २४ गतेदेखि दुई दिनसम्म आयोजित कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका बीमाङ्कीय विभाग र मानवस्रोत विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले गरेका थिए । प्राधिकरणले बीमाङ्कीको न्यूनतम योग्यता, अनुभव, मापदण्ड र जिम्मेवारी लगायतका विषयमा विस्तृत अध्ययन र प्रचलित अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ तयार गरी आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी गत वैशाख ४ गते जारी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS