IME Life New

नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डद्वारा विज्ञापन कार्यशाला आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डद्धारा विज्ञापन कार्यशालाको आयोजना गरेको छ । असार २१ गते शुक्रबार होटल मल्लमा नेपाल विज्ञापन संघ आन र नेपाल विज्ञापन बोर्डको संयुक्त आयोजनामा अन्तराष्ट्रिय प्रशिक्षक भरत अभालानी तथा स्थानिय सहजकर्ता एवं विज्ञ रन्जित राज आचार्य, दिपेन्द्र टण्डन उजय शाक्य तथा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईबाट विज्ञापन कार्यशाला आयोजना गरी कार्यशालाका सहभागीहरुलाई विभिन्न विषयबस्तु विज्ञापन, ब्रान्ड र मार्केटिङ्ग माथी कार्यपत्र पेश गर्दै सहभागीहरुलाई आआफना विचार विषयबस्तु राखेका थिए ।

मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार तथा आन अध्यक्ष सुदिप थापाबाट कार्यक्रममा सहभागीलाई धन्यबाद दिए । नेपाल टेलिकम तथा पर्यटन बोर्डको विशेष सहभागिता रहेको कार्यशालामा विज्ञापन एजेन्सी तथा सञ्चार माध्यमको बाक्लो सहभागिता थियो ।

Esewa
Crest

यो कार्यक्रमको मुख्य आयोजक नेपाल विज्ञापन संघ र विज्ञापन बोर्ड रहेको र सहयोगी सस्थांहरुमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैक लिमिटेड र करिव १२० जनाको सहभागिता थियो । बिहान ९ बजे देखि सुरु यस कार्यक्रम आयोजक संस्था द्धय विज्ञापन बोर्ड र विज्ञापन संघबाट विज्ञ भरत आभलानी र प्रायोजक राष्ट्रिय बाणिज्य बैक र नेपाल टेलिभिजनलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यशालाले विज्ञापन व्यवसायी,विज्ञापनदाता र सञ्चार माध्यमबिच घनिभुत सहकार्य गर्ने र नव प्रर्वतक उद्यम स्टार्ट अपलाई विज्ञापनकर्मि तथा सञ्चार माध्यमले प्राथमिकता राखी प्रर्वद्धनमा सहयोग गर्ने समेत निचोड निकालेको छ । कार्यक्रममा सहभागीहरुबाट आएका उत्कृष्ट तिन विषयबस्तुलाई विज्ञापन व्यवसायी तथा सञ्चार माध्यमले अगाडि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS