IME Life New

उच्च कारोबार भएका १० कम्पनीमध्ये कसको शेयरभाउ बढ्यो/घट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १५० कम्पनीको शेयरभाउ बढेको छ भने ८२ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ६ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर भएको छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २१ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो कम्पनीको शेयरभाउ ३४ रुपैयाँले बढेर ७४२ रुपैयाँ पुगेको छ।

यसैगरी दोस्रो सर्वाधिक कारोबार भएको कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको रहेको छ। यो कम्पनीको १५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। आज शेयरभाउ १७.७० रुपैयाँले बढेर ५६५ रुपैयाँ पुगेको छ।

त्यस्तै १३ करोड ८७ लाख रुपैयाँको कारोबार साथ सीईडीबी हाइड्रोपावर सर्वाधिक कारोबार हुने तेस्रो कम्पनी बनेको छ। यो कम्पनीको शेयरभाउ पनि ५३.८० रुपैयाँले बढेर १०७८.८० रुपैयाँ पुगेको छ।

उच्च कारोबार भएका कम्पनीको सूचीमा गुडविल फाइनान्स ११ करोड ५९ लाख रुपैयाँसहित चौथो स्थानमा रहेको छ। यो कम्पनीको शेयरभाउ भने ४४.९० रुपैयाँले घटेर ६३३ रुपैयाँमा झरेको छ।

यसैगरी सानिमा जीआईसी इन्स्योरेन्सको ११ करोड ५१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १० करोड ५२ लाख रुपैयाँ, निफ्राको ९ करोड ८४ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टको ८ करोड ७६ लाख रुपैयाँ, जानकी फाइनान्सको ८ करोड ६५ लाख रुपैयाँ र आँखुखोला जलविद्युतको ८ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यीमध्ये सानिमा जीआईसीको शेयरभाउ ३ रुपैयाँले बढेर ५६५ रुपैयाँ, मञ्जुश्री फाइनान्सको १६ रुपैयाँले घटेर ६०४ रुपैयाँ, निफ्राको १० रुपैयाँले बढेर २०९ रुपैयाँ, हाथवे इन्भेस्टमेन्टको ३३ रुपैयाँले बढेर ९६० रुपैयाँ, जानकी फाइनान्सको ३०.३० रुपैयाँले बढेर ६८०.२० रुपैयाँ र आँखुखोला जलविद्युतको ६.३० रुपैयाँले बढेर २३४ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS