IME Life
GBIME

लघुउद्यमीको प्रवर्द्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नवीन कर्जा सुरक्षण कार्यक्रम मार्फत लघुउद्यमीहरुको प्रवर्द्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले लघुवित्त संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोतिज कार्यक्रममा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापकहरु सहभागी थिए । उनीहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफूहरु कटिबद्ध रहेको बताए ।

Crest

उनले वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने भन्दै कोषमा निक्षेप तथा कर्जाको सुरक्षण गरी जोखिम कम गर्न सुझाव दिएका थिए ।

कोषका सहायक प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरुले कोषका कार्यक्रम र योजनाहरुबारे जानकारी गराउँदै निक्षेप तथा कर्जा सुरक्षणको महत्वबारे बताएका थिए । उनीहरुले कोषले सञ्चालन गरेका नयाँ तथा पूराना कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

छलफलमा सहभागीहरुले कोषले आधुनिक प्रबिधि अबलम्बन गरी क्षतिपूर्ति दाबी भुक्तानीलाई सरलीकृत तथा छिटो बनाउनुपर्ने र मृत्यु दाबीको हकमा कोषको कर्जा सुरक्षण नियमावलीमा संशोधन गरेरै भए पनि क्षतिपूर्तिलाई व्यवहारिक बनाउन सुझाव दिएका थिए । कोषले आफ्नो क्षमता अभिबृद्धि गर्दै सुरक्षण कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरुको भनाई छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS