IME Life New

आँखुखोला जलविद्युतको हकप्रदका लागि बुक क्लोज मिति तय, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउने ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठक साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

Crest

नेपाल धितोपत्र बोर्डले असार १९ गते आँखुखोला जलविद्युतलाई हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको दिएको थियो। कम्पनीले यद्यपि हकप्रद शेयर निष्कासनको मिति तय गरेको छैन।

कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS