IME Life New

बीमा सर्भेयरको परीक्षा सञ्चालन गर्दै प्राधिकरण, को-को सहभागी हुन पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गर्ने भएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै यही असार २७ गते परीक्षा सञ्चालन गर्ने भएको हो। परीक्षा बिहान ११ बजेदेखि मध्याह्न १२ः३० बजेसम्म सञ्चालन हुनेछ।

Esewa
Crest

परीक्षामा सहभागी हुन इच्छुकले https://surveyorexam.nia.gov.np मा गई आफ्नो विवरण तथा आवश्यक कागजात पेस गर्न सक्ने प्राधिकरणले जनाएको छ।

परीक्षामा प्राधिकरणबाट बीमा सर्भेयरको तालिम लिई हालसम्म इजाजतपत्र नलिएका, प्राधिकरणबाट व्यक्तिगत सर्भेयर इजाजतपत्र लिई संस्थागत सर्भेयर इजाजतपत्र लिन इच्छुक र प्राधिकरणबाट यसअघि इजाजतपत्र लिई विविध कारणबाट इजाजतपत्र खारेजी भएका व्यक्ति तथा संस्थाहरु सहभागी हुन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS