IME Life New

आजसम्म कायम शेयरधनीले सीआईटीको लाभांश र हिमालय ऊर्जा हकप्रद पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)को लाभांश र हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ।

सीआईटीले लाभांश वितरणार्थ र हिमालय ऊर्जाले हकप्रद शेयर जारी प्रयोजनार्थ भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज असार १९ गतेसम्म कायम शेयरधनीहरुले सीआईटीको लाभांश र हिमालय ऊर्जाको हकप्रद भर्न पाउनेछन्।

Esewa
Crest

सीआईटीले आफ्नो २९ औँ वार्षिक साधारणसभा असार ३१ गते आयोजना गर्ने निर्णय छ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ। सभाले साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुका तर्फबाट १–१ जना प्रतिनिधि नियुक्त गर्नेछ।

उता हिमालय ऊर्जालाई नेपाल धितोपत्र बोर्डले असार ७ गते चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। जसअनुसार कम्पनीले ९९ करोड रुपैयाँबराबरको हकप्रद शेयर बिक्रीमा ल्याउनेछ। कम्पनीले आफ्ना शेयरधनीलाई १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद निष्कासन मिति भने कम्पनीले तय गरिसकेको छैन। हिमालयन ऊर्जाको हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS