काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष सञ्जिव न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । न्यौपानेले कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएका थिए ।
रिक्त रहेको अध्यक्ष पदमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । यस्तै कम्पनीको प्रबन्धक सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् ।