IME Life New

वास्तविक किसानसँग धान दिवस मानाउँदै कृषि मन्त्रालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वास्तविक किसानसँग धान दिवस मानाउँदै कृषि मन्त्रालय  सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पहिलो पटक उपत्यका बाहिर बनाउने भएको छ। ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव वास्तविक कृषकहरुको उपस्थितिमा मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकाुमारी साहले बताइन्।

धान नेपालको प्रमुख खाद्यान्न बालीको रुपमा रहे पनि यसको विकास र प्रवर्द्धन धान दिन नसक्दा अहिले आयात गरेर छाक टार्नु पर्ने अवस्था छ।‘नेपालमा धान खाद्य बाली मात्र नभएर यसको आर्थिक, सामजिक, सांस्कृतिक र धार्मिक महत्व छ। मन्त्रालयले विगत २० वर्षदेखि नियमति रुपमा धान दिवस मनाउँदै आएको छ। तर अहिलेसम्म पनि वास्तविक कृषकहरुसँग पुगेर धान दिवस मनाइएको छैन’, मन्त्री साहले भनिन्, ‘यस पटक हामी धान खेती गर्ने कृषक भएको स्थानमा पुगेर धान दिवस मनाउँदै छौं।’

Esewa
Crest

मन्त्रालयले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरु र कृषकहरुको उपस्थितिमा चितवन रत्ननगर बछौलीमा मनाउँदै छ। बछौलीमा करिब ढेड बिगाह जग्गामा धान रोपाई गरिनेछ।

‘म स्वयम किसानको छोरी हुनुका साथै खेती गरेर हृर्केको हुँ। विगतमा हामी धानमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि गथ्र्यौ। तर अहिले धान आयात गरेर छाक टार्नु पर्ने अवस्था छ। अब यस्तो अवस्था अन्त्य गर्ने तर्फ सरकारले ध्यान दिइरहेको छ। आगामी आवको बजेट मार्फत सरकारले कृषि दशक पनि घोषणा गरिसकेको छ,’ मन्त्री साहले भनिन्। सरकारले कृषि उपजको उत्पादन बढाउन तथा कृषि कर्ममै लागेर स्वदेशमै समानिन्त जीवन जिउने आधार तयार गर्ने गरी काम गरिरहेको उनको दाबी छ।

कृषि विभागले हालसम्म मुलुकभर १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाइ सम्पन्न भएको छ। विभागका अनुसार अघिल्लो वर्षको तुलनामा असारको दोस्रो सातासम्म यो वर्ष ९ प्रतिशत भन्दा बढी धान रोपाई भएको हो । नेपालमा करिब १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ।

विभागका अनुसार अहिले सम्म सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाई भएको सरकारी तथ्यांक छ । सो प्रदेशमा अहिलेसम्म ४३ हजार ६ सय ३४ हेक्टर जमिनमा धान रोपाई भएको छ । सबै भन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत धान रोपाई भएको छ । सो प्रदेशमा हाल सम्म ११ हजार ४० दशमलव ३ हेक्टर जमिनमा धान रोपाई भएको विभागको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS