GBIME
IME Life

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र काठमाडौं उपत्यका विकास प्राधिकरणबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र काठमाडौं उपत्यका विकास प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नास्टकोतर्फबाट उकुलपति प्रा.डा. दिलीप सुब्बा र प्राधिकरणको तर्फबाट विकास आयुक्त जानुका ढकालले हस्ताक्षर गरेका थिए ।

५ वर्षको लागि भएको उक्त समझदारीमा विश्वव्यापी जलवायु परिवर्तनसँग अनुकूलित हुनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका उपायहरु संसारभरी अवलम्बन गरिएको सन्दर्भमा शहरी क्षेत्रमा यी उपायहरुको प्रयोग फलदायी प्रयोग गर्ने Urban EbA for Climate Resilient Development in the Kathmandu Valley, Nepal (Urban EbA ) परियोजना अन्तर्गत सहकार्यमा विभिन्न वातावरणीय अनुसन्धानमा आधारित कार्यक्रमहरु सञ्चालनहरु गरिने छन् ।

SKYWELL
Crest

सो अवसरमा मन्तव्य व्यक्त गर्दै नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले जलवायु परिवर्तन जस्ता समस्याहरुले दिगो शहरी विकासमा चुनौती थपिंदै गएको अवस्थामा यस प्रकारको समझदारीबाट शहरी वातावरणलाई अनुकूलन बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस समस्यालाई मनन गरेर अहिले संसार भर दिगो शहरी विकासलाई महत्व दिई सम्बोधन गर्न थालिएको छ र यसको उपाय स्वरुप नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, प्रविधि मैत्री शहरी कृषि प्रणालीको शहरी विकासको लागि उपयोग गर्न थालिएको बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले नास्ट जस्तो वैज्ञानिक संस्थासित सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । उनले वैज्ञानिक सहकार्यमा सञ्चालन हुने अनुसन्धान परियोजनाबाट प्राप्त नतिजाहरुबाट शहरी वातावरण र विकास सुधारका लागि नीति बनाउन सहज हुने जानकारी दिइन् ।

नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले यस समझदारीले प्राज्ञिक संस्था र नेपाल सरकार निकायहरु बीच पनि वैज्ञानिक सहकार्यको परम्पराको थालनी भएको र दुवै संस्था जुन प्रकारको अनुसन्धान परियोजना सञ्चालन गर्न लागिएको बताए । यो तोकिएको समयमा सम्पन्न हुने र यसबाट प्राप्त अध्ययन सूचकले शहरी वातावरणमा रहेको समस्या सुल्झाउन उपयुक्त माध्यम बन्न सक्ने विश्वास इक्त गरे । साथै उनले नास्ट रााष्ट्रिय स्तरको वैज्ञानिक संस्था भएको कारण यहाँ उपलब्ध दक्ष जनशक्ति, संयोजन गर्न सक्ने क्षमता विकास भैसकेकोले राष्ट्रका समस्याहरुमा वैज्ञानिक पैरवी गर्न सदा तत्पर रहेको बताए ।

समझदारी पत्रपछि हुने urban EbA  सम्बन्धीको परियोजनाको लागि छुट्टै कार्य संझौता गरी अनुसन्धान परियोजना अगाडि बढाइने छ । उक्त परियोजना सञ्चालनका लागि नास्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरणले १ लाख २३ हजार अमेरिकी डलर उपलब्ध गराउने छ ।

 

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS