GBIME
IME Life

बुद्ध एयरले फ्रान्सबाट किनेको १४ वर्ष पुरानो जहाज यसै साता नेपाल आइपुग्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुद्ध एयरले फ्रान्सेली वायू सेवा कम्पनीबाट खरिद गरेको १४ वर्षभन्दा पुरानो एटिआर विमान यसै साता काठमाडौं आइपुग्दैछ। बुद्धले एटिआर ७२ ५०० मोडलको टर्बोप्रोप जहाज भित्र्याउन लागेको हो ।

फ्रान्सको टुलोज विमानस्थलबाट उडान भरेको यो विमान मंगलबार माल्टाको विमानस्थलमा विश्राम पछि पुनः उडान भरेको छ । नागरिक उड्ययन प्राधिकरणले यो विमानका लागि बुद्ध एयरलाई नाइन एन एएनजेड दर्ता नम्बर प्रदान गरेको छ ।

SKYWELL
Crest
बुद्ध एयरले खरिद गरेको जहाज

यो जहाज थपिएसँगै बुद्ध एयरको बेडामा कुल जहाज संख्या १८ पुग्नेछ । फ्रान्सेली इटालियन हवाई जहाज निर्माता कम्पनी एटिआरले यो विमान ४ मार्च २०१० मा उत्पादन गरेको हो । शुरूवातमा स्पेनी वायू सेवा कम्पनी नायसा एयरले उडाएको यो जहाज बिन्टर क्यानारिज र १ नोभेम्बर २०१७ मा बिन्टर एयरलाइन्समार्फत उडान भर्दै आएको थियो ।

बुद्ध एयरले खरिद गरेको विमानको उत्पादन र उडान इतिहास, श्रोतः प्लेन स्पोटर

१५ अक्टुबर २०२३ देखि बिन्टर एयरलाइन्सले उडान भर्न गरेर थन्काएको थियो । व्यवसायीक उडान बन्द भएपछि झण्डै आठ महिना थन्काइएको यो जहाज बुद्ध एयरले खरिद गरेको हो । बिन्टर एयरलाइन्सले एटिआर ७२-६०० मोडलको विमानमार्फत् उडान भर्ने योजनासहित एटिआर ७२-५०० मोडलका सबै विमानबाट उडान बन्द गरेको छ । यो कम्पनीसँग हाल एटिआर ७२-६०० मोडलको २८ वटा र १० वटा इमब्रायर १९५ इटु विमान रहेको छ ।

नेपालमा हवाई सेवाका लागि स्वदेशी वायू सेवा कम्पनीले १५ वर्षभन्दा पुराना जहाज भित्र्याउन नपाउने भएकाले बुद्ध एयरले उमेर हद पुग्न ८ महिना मात्र बाँकी रहेको पुरानो जहाज भित्र्याएको हो ।

बुद्ध एयरले हाल ३ वटा एटिआर ४२ र बाँकी एटिआर ७२ विमानसहित कुल १७ वटा विमानमार्फत् दैनिक १ सय ४८ पटक सम्म उडान भर्दै आएको छ । यसले भारतको बनारसमा समेत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो यो वायू सेवा कम्पनीले वर्षमा झण्डै ३० लाख यात्रुलाइ हवाइ उडान सेवा प्रदान गरिरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

35%

खुसी

45%

दु :खी

10%

अचम्मित

5%

उत्साहित

5%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS