IME Life New

वित्त समूह चम्किएको यो साता कुन-कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। यो ४ दिनमा बजार १ दिनमात्रै बजार बढेको छ भने ३ दिन घटेको छ।
यो साता शेयर बजार करिब ४४ अंकले घटेको छ। अघिल्लो साता बिहीबार २११२.२९ को विन्दुमा बन्द भएको बजार यो साता २०६८.३१ को विन्दुमा बन्द भएको छ।

बजारमा यो साता वित्त समूहमात्रै बढेको छ। यो समूह २.६४ प्रतिशतले उकालो लागेको छ। बाँकी १२ वटा समूहमा रातो पोतिएको छ।

Esewa
Crest

वित्त समूह चम्किएको यो साता लगानीकर्ताले नेपाल फाइनान्सको शेयर सर्वाधिक उठाएका छन्। यो कम्पनीको ५ लाख ८४ हजार ४०४ कित्ता शेयर ३८ करोड ७२ लाख ६ हजार ९२२ रुपैयाँमा खरिद भएको छ।

यसैगरी दोस्रो धेरै खरिद भएको शेयरमा एनआरएन इन्फ्रास्ट्रक्चरको रहेको छ। यो कम्पनीको ३ लाख ४४ हजार ५४५ कित्ता शेयर २२ करोड २२ लाख ७९ हजार ६६१ रुपैयाँमा खरिद भएको छ।

तेस्रोमा माउन्टेन इनर्जी रहेको छ। यो कम्पनीको २ लाख ७२ हजार ५६४ कित्ता शेयर १६ करोड ६६ लाख १३ हजार ४१२ रुपैयाँमा खरिद भएको छ।

यस्ता छन् बाँकी ७ सर्वाधिक खरिद भएका कम्पनी

  • हिमालयन लघुवित्तः १ लाख २ हजार ४६१ कित्ता (१३ करोड ४० लाख ७३ हजार ५२७ रुपैयाँ)
  • ग्लोबल आइएमई लघुवित्तः ८३ हजार ६०४ कित्ता (१२ करोड ६९ लाख ४० हजार ९९६ रुपैयाँ)
  • सीईडीबी हाइड्रोपावरः १ लाख १८ हजार ८६० कित्ता (१२ करोड २७ लाख १२ हजार ३६७ रुपैयाँ)
  • गोर्खाज फाइनान्सः १ लाख ५६ हजार २३ कित्ता (११ करोड ६५ लाख ८८ हजार ८४६ रुपैयाँ)
  • समृद्धि फाइनान्सः २ लाख ३१ हजार १४ कित्ता (९ करोड ७१ लाख ६३ हजार ३९६ रुपैयाँ)
  • पोखरा फाइनान्सः १ लाख ४८ हजार ५९३ कित्ता (९ करोड ३ लाख ६० हजार ६८१ रुपैयाँ)
  • ङादी ग्रुप पावरः २ लाख ८० हजार ७९३ कित्ता (८ करोड ९७ लाख ३० हजार १४७ रुपैयाँ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS