IME Life New

जीवन बीमकले पूरक करारमा यी १० रोग अनिवार्य समावेश गर्नुपर्ने, बीमांक रकम अधिकतम १ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकले घातक रोग पूरक करारको बीमांक रकम अधिकतम १ करोड रुपैयाँसम्म कायम गर्न सक्ने भएका छन्।

नेपाल बीमा प्राधिकरणले जीवन बीमकको घातक रोग पूरक करारसम्बन्धी मार्गदर्शन, २०८१ जारी गर्दै यस्तो सीमा कायम गरेको हो। मार्गदर्शनमा जीवन बीमा कम्पनीहरुले घातक रोग पूरक करारको बीमांक रकम अधिकतम १ करोड रुपैयाँसम्म कायम गर्न पाउने व्यवस्था गरेको हो।

Esewa
Crest

प्रत्येक पूरक करारको अधिकतम बीमांक रकम बीमालेखको बीमांक रकभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ। बीमाशुल्क बीमांकीयले तयार गरेको प्राविविध टिप्पणीमा उल्लेख भएबमोजिम हुने पनि व्यवस्था गरिएको छ।

यसैगरी पूरक करार तयार गर्दा जीवन बीमकले कम्तीमा १० वटा रोग अनिवार्य रुपमा समावेश गर्नुपर्ने भएको छ। प्राधिकरणले मार्गदर्शनमार्फत तल उल्लेखित रोगहरु अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरेको हो।

मार्गदर्शनमा जारी भएको पूरक करारको विवरण जीवन बीमकले अनुसूची–२ को ढाँचामा अद्यावधिक गरी राख्नुपर्ने व्यवस्था गरिएको छ। बीमकले आवश्यक विवरण प्रत्येक वर्ष, आर्थिक वर्ष समाप्त भएको मितिले १ महिनाभित्रमा बीमा प्राधिकरणमा पेस गर्नुपर्नेछ।

nia 2

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS