Connect IPS
IME Life

सेवा बिस्तारमा आक्रामक निजी क्षेत्रको वायूसेवा कम्पनी श्री एयरले थप एउटा नयाँ विमान भित्र्याउँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको तेस्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको बम्बार्डियर ड्यास एट क्यु फो हण्ड्रेड(Dash 8 Q400) विमान अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेको छ।

गत चैत्र महिनामा अमेरिकाबाट दुईवटा बम्बार्डियर ड्यास एट विमान भित्र्याएको श्री एयरले थप एकवटा विमान भित्र्याएको हो । योसँगै श्री एयरसँग जहाज विमान संख्या ११ पुगेको छ ।

Prabhu
Crest
श्री एयरले भित्र्याउन लागेको नयाँ जहाज। तस्वीरः सामाजिक सञ्जालबाट

9N-AOM संकेत चिन्ह पाएको नयाँ भित्र्याउन लागिएको विमान बुधबार अमेरिकाको गुज बे बाट प्रस्थान गरेको हो । श्री एयरका क्याप्टेनद्वय रितेश कर्ण र विराज राजवंशीको नेतृत्वमा विमान ल्याइँदैछ । गत चैत्र महिनामा समेत यी दुबै क्याप्टेनको नेतृत्वमा ड्यास ४०० मोडलका दुईवटा विमान श्री एयरले अमेरिकाबाट नेपाल भित्र्याएको थियो । नयाँ विमान आइतबार बिहानसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अनुमान गरिएको छ ।

क्यानेडामा उत्पादन गरिएको उत्पादक संकेत नम्बर ४३४७ रहेको यो नयाँ विमान श्री एयरले अमेरिकाको होराइजन एयरसँग खरिद गरेको हो । यसअघिका दुई विमान समेत सोही कम्पनीसँग खरिद गरेको थियो । नयाँ खरिद गरिएको विमानको पृष्ठभूमी हेर्दा यो विमान १३ वर्ष ६ महिना पुरानो विमान हो ।

यसअघि पनि श्री एयरले २०१९ र २०२२ मा २-२ वटा बम्बार्डियर ड्यास–८ क्यू४०० विमान खरिद गरेको थियो । श्री एयरको बेडामा हाल दुईवटा सिआरजे २००, दुईवटा सिआरजे ७००, र ६ वटा क्यु ४०० टर्बोप्रप विमान छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS