IME Life New

अन्तर्वार्ताका लागि बोलाइएका सेबोन अध्यक्षका तीनै उम्मेदवार बेखबर, प्रक्रिया नै रद्द हुने सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत सर्टलिस्टमा परेका बाँकी ३ जना उम्मेदवारलाई आज असार ५ गतेका लागि अन्तर्वार्तामा बोलाइएको थियो। तर, बिहान ९ बजे डाकिएका उम्मेदवारहरु ११ बजेसम्म पनि अन्तर्वार्ता दिन राष्ट्रिय योजना आयोगको सभाहलमा पुगेनन्। तीनैजना बेखबर बनेका छन्।

सेबोनको अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ उम्मेदवारलाई असार २ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाइएको थियो। तर, त्यस दिन सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं उपस्थित भएनन्।

Esewa
Crest

त्यस दिन कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ सहभागी भएका थिए।

असार २ गतेको अन्तर्वार्तामा उपस्थित नभएका उम्मेदवारलाई आज बोलाइएको थियो। ‘तर, अन्तर्वार्ताका लागि कोही पनि उम्मेदवार आउनुभएन’, राष्ट्रिय योजना आयोग स्रोतले भन्यो।

डा अधिकारी बिरामी परेको खबर धितोपत्र बोर्डमा पुगेको छ। उनी असार २ गतेदेखि नै कार्यालयमा बिदा लिएर बसेका छन्। नेप्सेका सीईओ कार्की नेप्सेकै कार्यक्रमका लागि उपत्यका बाहिर थिए। उनी हिजो काठमाडौं फर्किएका छन्। अर्का उम्मेदवार चापागाईं पनि सम्पर्कविहीन छन्।

अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो। सेबोन अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधिमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। आज ती ३ जना उम्मेदवार अन्तर्वार्ताका लागि नआएकोले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्न समितिले अर्थ मन्त्रालयसमक्ष सिफारिस गर्ने योजना आयोग स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS