GBIME
IME Life

सेबोन अध्यक्ष नियुक्ति प्रक्रियाः आज अन्तर्वार्तामा नगएका तीन उम्मेदवारलाई असार ५ गते डाकियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत आज गरिएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असार ५ गते डाकिएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय शाखाले आज एक सूचना प्रकाशित आज उपस्थित नभएका ३ जना उम्मेदवारलाई असार ५ गते व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाकेको हो। उक्त दिन राष्ट्रिय योजना आयोगको सभाहलमा बिहान ९ बजेबाट ती उम्मेदवारको अन्तर्वार्ता हुने शाखाले जनाएको छ।

SKYWELL
Crest

सेबोनको अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आज बिहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभाहलमा हुने भनिएको थियो। दिउँसो १ बजेसम्म चल्ने भनिएको अन्तर्वार्ता सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं उपस्थित भएनन्। आफूहरु अध्यक्ष नहुने पक्कापक्की भएपछि तीनैजनाले आजको अन्तर्वार्ता बहिष्कार गरेको स्रोत बताउँछ।

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक डा मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ सहभागी भएका छन्। उनीहरुले अन्तर्वार्ता दिएका छन्।

डा अधिकारी बिरामी परेको खबर धितोपत्र बोर्डमा पुगेको थियो। उनी आज बिदा बसेका थिए।

यसैगरी नेप्सेका सीईओ कार्की नेप्सेकै कार्यक्रमका लागि उपत्यका बाहिर छन्। तर, कार्कीले बाहिर जानुअघि नै आफू अन्तर्वार्तामा सहभागी नहुने बताएका थिए।

आज दिनभर अन्तर्वार्तामा नगएका तीनैजना उम्मेदवारको मोबाइल फोन स्विचअफ थियो।

स्रोतका अनुसार आफूहरुलाई फालेर मुक्तिनाथ श्रेष्ठ वा सन्तोषनारायण श्रेष्ठमध्ये एकजनालाई अध्यक्ष बनाउने कोसिस भइरहेको ठानेर उम्मेदवारत्रय जानी–जानी अन्तर्वार्तामा नगएका हुन्। ‘नेकपा एमालेबाट सन्तोषनारयणलाई अध्यक्ष बनाउन सरकारलाई ठूलै दबाब परेको खबरहरु पनि आइरहेका छन्’, स्रोतले भन्यो, ‘त्यही भएर माओवादी केन्द्र पार्टीबाट ती तीनजना उम्मेदवार अन्तर्वार्तामा सहभागी नहुन निर्देशन आएको हुन सक्छ।’

अध्यक्ष छनौट कार्यविधिमा भएको व्यवस्थाबमोजिम समितिले ३ जना उम्मेदवार छनौट गरी सिफारिस गर्नुपर्ने हुन्छ। ‘तर अन्तवार्तामा सहभागी हुन नआउनु भएकाहरुले धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य देखियो’, स्रोतले भन्यो, ‘तर, प्रक्रिया रोकिँदैन। अन्तर्वार्तामा सहभागी भएका २ जनाको नाम समितिले सिफारिस गर्न सक्छ। तिनै २ जनाबाट एकजनालाई अब मन्त्रिपरिषद्ले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्छ।’

अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS