GBIME
IME Life

गुनासो सुन्ने अधिकारी नियुक्ति गर्न प्राधिकरणको ताकेता, अटेर गर्नेलाई कारवाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई गुनासो सुन्ने अधिकारी नियुक्त गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि पुनः ताकेता गरेको छ ।

प्राधिकरणको निर्देशनपछि सीमित संख्याका बीमकले मात्र गुनासो सुन्ने अधिकारीको नियुक्ति गरेपछि प्राधिकरणले बाँकी बीमकलाई कारवाहीको चेतावनी सहित ताकेता गरेको हो । प्राधिकरणका अनुसार जीवन, निर्जीवन र लघु बीमकसमेत ३२ वटा कम्पनीले गुनासो सुन्ने अधिकारी नियुक्ति गरेका छैनन् ।

SKYWELL
Crest

असार ७ गतेसम्म नियुक्ति गरी बीमकको वेबसाइट र प्राधिकरणको एकीकृत सूचना प्रणालीमा सोको जानकारी प्रकाशन नगरेमा कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ । प्राधिकरणले नियुक्ति सम्बन्धी विवरण पेश नगरिएको अवस्थामा असार १४ गतेभित्र लिखितरुपमा जानकारी नगराए बीमा ऐन २०७९ को दफा १३८ आकर्षित हुने भन्दै सचेत गराएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS