GBIME
IME Life

फाइनान्स सेक्टर चम्किएको यो साता लगानीकर्ताको कति बढ्यो सम्पत्ति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार यो साता बढेको छ। यो साता पाँचै दिन कारोबार भएको बजार ३ दिन बढेको छ भने २ दिन घटेको छ।

नेप्से परिसूचक यो साता ३४.५१ अंकले बढेको छ। अघिल्लो साता २०७७.७८ मा बन्द भएको नेप्से परिसूचक यो साता २११२.२९ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेको छ भने २ वटा घटेको छ। म्युचुअल फन्ड र व्यापार उपसमूहबाहेक अरु सबै उपसमूह बढेको हो।

SKYWELL
Crest

यो साता वित्त समूह (फाइनान्स सेक्टर) सर्वाधिक ५.६७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह पनि ४.३८ प्रतिशतले बढेको छ। म्युचुअल फन्ड समूह ३.३६ प्रतिशत र व्यापार समूह २.८९ प्रतिशतले घटेको छ।

बजार बढ्दा यो साता लगानीकर्ताको सम्पत्ति १.६६ प्रतिशतले बढेको छ। अघिल्लो साता नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा यो साता बढेर ३३ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। लगानीको सम्पत्ति ५४ अर्ब ७३ करोड ४० लाख रुपैयाँले बढेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS