IME Life New

फाइनान्स सेक्टर चम्किएको यो साता लगानीकर्ताको कति बढ्यो सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता बढेको छ। यो साता पाँचै दिन कारोबार भएको बजार ३ दिन बढेको छ भने २ दिन घटेको छ।

नेप्से परिसूचक यो साता ३४.५१ अंकले बढेको छ। अघिल्लो साता २०७७.७८ मा बन्द भएको नेप्से परिसूचक यो साता २११२.२९ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेको छ भने २ वटा घटेको छ। म्युचुअल फन्ड र व्यापार उपसमूहबाहेक अरु सबै उपसमूह बढेको हो।

Esewa
Crest

यो साता वित्त समूह (फाइनान्स सेक्टर) सर्वाधिक ५.६७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह पनि ४.३८ प्रतिशतले बढेको छ। म्युचुअल फन्ड समूह ३.३६ प्रतिशत र व्यापार समूह २.८९ प्रतिशतले घटेको छ।

बजार बढ्दा यो साता लगानीकर्ताको सम्पत्ति १.६६ प्रतिशतले बढेको छ। अघिल्लो साता नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा यो साता बढेर ३३ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। लगानीको सम्पत्ति ५४ अर्ब ७३ करोड ४० लाख रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS