IME Life New

आगामी साताभित्र धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले (सेबोन) आगामी साताभित्र नयाँ अध्यक्ष पाउने सम्भावना बढेको छ। धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्षमा पदपूर्ति गर्न गत फागुन १६ गते दरखास्त आह्वान गरी आवेदकहरुमध्येबाट ५ जनाको नाम सर्टलिस्ट गर्ने कामसमेत सम्पन्न भइसकेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि गत चैत २९ गते अर्थ मन्त्रालयमा डाकिएको थियो। तर, अघिल्लो दिन अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण स्थगित गरिएको थियो।

अब भने धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया आगामी साताभित्र सक्ने गरी कामहरु भइरहेको अर्थ मन्त्रालय स्रोतले बतायो। ‘सम्भवतः आउँदो आइतबार वा सोमबारतिर सर्टलिस्टमा परेका उम्मेदवारहरुलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाक्ने तयारी भइरहेको छ, त्यसका लागि अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले काम गरिरहेको छ’, अर्थ स्रोतले भन्यो, ‘अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि समितिले तीनजनाको नाम छनोट गरी अर्थ मन्त्रालयमा पेस गर्नेछ। अनि अर्थ मन्त्रालयले ती तीनजनामध्ये एकजनाको नाम धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद् सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्नेछ।’

Esewa
Crest

त्यसैले आगामी साताभित्र धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना प्रबल रहेको अर्थ स्रोतले बतायो।

सर्टलिस्टमा परेका एक उम्मेदवारले पनि आफूहरुलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि तयार रहने खबर आएको बताए। ‘आइतबार वा सोमबार अन्तर्वार्ता हुने भनिएको छ’, ती उम्मेदवारले भने, ‘त्यसैले आगामी सातासम्म अध्यक्षको टुंगो लाग्ला।’

सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद रिक्त छ। हाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाले सम्हालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS