IME Life New

श्री डिष्टिलरीले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर ९आइपीओ० निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरी लिमिटेडले ९ लाख ६० हजार कित्ता शेयर विक्री गर्नेछ । कम्पनीको कुल ६० लाख कित्ता शेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ ।

आइपीओ निष्काशन तथा विक्रीका लागि आज जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

Esewa
Crest

हस्ताक्षरपछि श्री डिष्टिलरीका संचालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।

श्री डिष्टिलरी लिमिटेड नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित रक्सी उत्पादक मध्ये एक हो । सन्१९८५ मा स्थापना भइको श्री डिष्टिलरी एक उच्च गुणस्तरको मादक पेयका लागि प्रख्यात रहेको छ । यस कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरुमा किंग्स प्राइड व्हिस्की, माउन्ट एभरेस्ट व्हिस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राय, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुन लगायत रहेका थिए । यी ब्रान्डहरुले मदिरा बजारमा गुणस्तर र उत्कृष्टताका लागि श्री डिष्टिलरीको प्रतिष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। कम्पनीका हालका ब्रान्डहरुमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS