काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार नेप्से परिसूचक आज ९ दशलमव ३२ अंकले घटेर २,११२ को विन्दुमा कायम भएको हो । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् ।