काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ३७ अंकले बढेर २,१२१ को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रको २४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रको १९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।