IME Life New

असारमा पनि ब्याजदर घटाउने मनशायमा बैंकहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकले आउँदा असारमा पनि निक्षेपको ब्याजदर घटाउने मनशाय बनाएका छन्। कर्जाको माग नबढ्नु र बैंकको लागत बढ्दै जानुले बैंकहरुले असारमा निक्षेपको ब्याजदर घटाउने सोच बनाएका हुन्। बैंकहरुले अहिले साधारण बचतमा न्यूनतम ३.५ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म र व्यक्तिगत मुद्दति निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याज दिइरहेका छन्। तर, निक्षेप बढ्ने र कर्जाको माग नहुँदा बैंकको कस्ट अफ फन्ड बढेको छ।

लागतमात्रै बढ्दै गएको निक्षेपको ब्याजदर घटाउनुपर्ने नै अवस्था सिर्जना रहेको एक वाणिज्य बैंकका सीईओले बताए। ‘कर्जाको माग बढेको छैन, अर्कोतर्फ निक्षेप थपिने क्रम जारी छ, आर्थिक वर्षको अन्तिम महिना असार निक्षेप झनै बढ्छ’, ती सीईओले भने, ‘त्यसैले ब्याजदर घटाउनुको विकल्प छैन।’

Esewa
Crest

अहिले बैंकको ध्यान खराब कर्जा असुलीमा रहेको छ। त्यसैले पनि बैंकहरुको ध्यान लगानीतर्फ आकर्षित हुन सकेको छैन। ‘कर्जा लगानी हुँदै नभएको होइन, पहिलेभन्दा थोरै बढेको छ’, अर्का एक बैंकरले भने, ‘तर, कर्जा असुलीमा ध्यान नदिने, लगानी चाहिँ धमाधम गर्ने स्थिति पनि छैन। त्यसैले कर्जाको तुलनामा निक्षेप बढेको हो। यसलाई मेन्टेन गर्न ब्याजदर घटाउनै पर्छ।’

बैंकिङ प्रणाली पैसा थुप्रिएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ। बैंकहरुले औसत ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको अवस्थामा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण प्रयोग गरेर तरलता प्रशोचन गर्नुपर्ने हुन्छ। उता बैंकहरुले यो नीतिगत दरभन्दा कममा साधारण बचतको ब्याजदर कायम गर्न पाउँदैनन्।

यो अवस्थामा बैंकले साधारण बचतको अधिकतम ब्याजदर केही घटाउने सोच बनाएका छन्। मुद्दति निक्षेपको ब्याजदर औसतमा १० प्रतिशतले घटाउनेमा छलफल भइरहेको एक बैंकरले जानकारी दिए। ‘अनौपचारिक छलफलमा मोटामोटी रुपमा ब्याजदर घटाउने बैंकरहरु एकमत छन्’, ती बैंकरले भने, ‘अब नेपाल बैंकर्स संघको बैठकले निर्णय गर्नेछ।’

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा १० प्रतिशतले घटेमा असारमा ६.३५ प्रतिशत कायम हुन सक्छ। जेठमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ७.०६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS