Connect IPS
IME Life

बीमा कम्पनीको ३७% ले बढ्यो बजार पुँजीकरण, नेप्सेमा कुन समूहको कति हिस्सा ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बैंकिङ सेक्टरबाहेक अन्य सबै क्षेत्रको बजार पुँजीकरण बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा ३७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म बीमा कम्पनीहरुको बजार पुँजीकरण ३ खर्ब ६२ अर्ब १ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म बढेर ४ खर्ब ९६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यो १ वर्षको अवधिमा उत्पादन तथा प्रशोधन लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। यो समूहको पुँजीकरण १०५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म उत्पादन तथा प्रशोधन समूह बजार पुँजीकरण १ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

Prabhu
Crest

यसैगरी होटेल समूहको बजार पुँजीकरण पनि ५४.५ प्रतिशतले बढेर ९२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म ५९ अर्ब ८४ करोड रुपैयाँ थियो।

पछिल्लो एक वर्षको अवधिमा बजार पुँजीकरण विकास बैंकको २२.३ प्रतिशत, वित्त समूहको ४१.७ प्रतिशत, लघुवित्त समूहको ३०.७ प्रतिशत, व्यापार समूहको ३४.७ प्रतिशत, लगानी समूहको २४.३ प्रतिशत, जलविद्युत समूहको २४.१ प्रतिशत र अन्य समूहको ४०.६ प्रतिशतले बढेको छ।

यो एक वर्षको अवधिमा बैंकिङ समूहको बजार पुँजीकरण भने १२.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकिङ समूहको बजार पुँजीकरण ९ खर्ब ३० अर्ब ८६ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ८ खर्ब १६ अर्ब १० करोड रुपैयाँमा खुम्चिएको छ।

पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण १९.३ प्रतिशतले बढेर ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म नेप्सेको बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७५ करोड रुपैयाँ थियो।

नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २५.७ प्रतिशत, विकास बैंक समूहको ४.८ प्रतिशत, फाइनान्स कम्पनी समूहको २.२ प्रतिशत, लघुवित्त समूहको १० प्रतिशत, बीमा कम्पनी समूहको १५.७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६.८ प्रतिशत, होटेल समूहको २.९ प्रतिशत, व्यापार समूहको ०.५ प्रतिशत, लगानी समूहको ७.३ प्रतिशत, जलविद्युत समूहको १४.४ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS