IME Life New

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ। बिहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबीच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन्।

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरिन्। विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल(इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताए।

Esewa
Crest

इजरायल सरकारले नेपाली युवाहरू ९खासगरी महिला० लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन्।

यसैबीच भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गरे। गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताए।

नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उनले अवसरको हिसाबमा पनि धेरै अवसरहरूका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर गिभर रहेको बताउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्‍याएको योगदानको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS