IME Life New

सामान्य सावधानीबाट मात्र पनि बीमाका माध्यमबाट ठगीको सिकार हुनबाट जोगिन सकिन्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाका माध्यमबाट हुने ठगी र जालसाजीबाट बीमित र बीमक (बीमा कम्पनी) दुवै पीडित हुन सक्छन्। सामान्य हेलचेक्र्याइँँ वा लापरबाहीले दुवै पक्षलाई ठगीको सिकार बनाउन सक्छ।

बीमामा हुने ठगीका बारेमा बीमकहरु प्रायः जानकार हुन्छन्। तर, व्यापार विस्तारको दौडमा कहिलेकाहीँ बीमकले बीमालेख प्रस्ताव मूल्यांकन र जोखिम विश्लेषणमा केही लापरबाही गर्दा ठूलो नोक्सान हुन सक्छ। बीमितलाई भने ठगी र धोकाधडीका सम्बन्धमा सीमित जानकारी हुन सक्छ।

Esewa
Crest

बीमा ठगी र धोकाधडी के हो ?

बीमा ठगी र धोकाधडीमा बीमित र अभिकर्ता दुवै पक्षबाट हुने गैरकानुनी काम समावेश हुन्छ। उदाहरणका लागि अभिकर्ताले नक्कली बीमालेख भिडाउन सक्छन्। जस्तै, युनिटी एस्योरेन्सले गैर कानुनी काम गरेर सदस्यहरुलाई बीमाशुल्क किस्ता संकलन गरेको थियो। अभिकर्ताले बीमितबाट प्राप्त बीमाशुल्क व्यक्तिगत प्रयोजनमा ल्याउने वा अधिक कमिशनका लागि बीमितलाई बीमालेख समर्पण गर्न बाध्य पार्न सक्छन्।

बीमितका तर्फबाट पनि वास्तविकभन्दा बढी रकम दाबी गर्ने, स्वास्थ्यको यथार्थ जानकारी लुकाउने, नक्कली मृत्यु वा अपहरणको घटनामार्फत बीमा रकम दाबी गर्ने काम हुन सक्छ।

बीमामा हुने जालसाजीका प्रकार

फर्जी दाबी

बीमितहरुले भ्रामक दाबीबाट सावधान रहनुपर्छ। अभिकर्ताले सूचनालाई द्विअर्थ लाग्ने गरी प्रस्तुत गर्दा, विवरणहरु बढाइचढाइ गर्दा वा गलत तथ्य दिँदा ठगी हुन सक्छ। यस्तो फर्जी दाबीले कानुनी दण्ड तथा सजायको जोखिममा पार्छ।

नक्कली दुर्घटना

बीमित वा दावीकर्ताले योजनाबद्ध रुपमा दुर्घटना गराएर रकम कुम्ल्याउने षड्यन्त्र गर्न सक्छन्। दुर्घटनाको परिवेश निर्माण गर्ने, शरीरमा चोटपटकको निसान बनाउने र घटनास्थलमा कृत्रिम प्रमाण सिर्जना गर्ने गतिविधि समावेश हुन्छ।

नक्कली कागजपत्र

फर्जी कागजपत्र तयार पार्नु भनेको बीमकबाट अनुचित लाभ लिनका लागि कागजपत्र वा विवरण हेरफेर गर्नु हो। बीमितले नक्कली स्वास्थ्य परीक्षण प्रतिवेदन बनाउने, क्षति वास्तविकभन्दा बढी देखाउने वा खर्चको नक्कली बिजक बनाउने काम गर्न सक्छन्।

बीमाशुल्कमा ठगी

बीमितले थोरै बीमाशुल्क भुक्तानी गर्न वा अनुचित छुट प्राप्त गर्न गलत वा भ्रामक जानकारी प्रदान गर्न सक्छन्। यसले बीमाशुल्क निर्धारणमा नकारात्मक प्रभाव पर्छ।

अधिक दाबी

बीमितले फरक बीमालेख वा बीमकसँग एउटै हानी वा क्षतिका लागि क्षतिपूर्ति दाबी गर्दा अधिक दाबी हुन सक्छ। यस्तो दाबी प्रायः सम्पत्ति बीमामा हुन्छ।

पहिचान चोरी

अनधिकृत व्यक्तिले तपाइँको व्यक्तिगत जानकारी चोरेर अनुमति बिना प्रयोग गर्न सक्छन्। यस्तो चोरी भएको जानकारीलाई विभिन्न जालसाजीपूर्ण गतिविधिका लागि प्रयोग गरिन्छ।

बीमा धोखाधडी रोक्न सकिने केही उपाय

बीमकको विश्वसनीयता जाँच गर्नुहोस्ः बीमा गर्नुअघि बीमकको पृष्ठभूमि, वित्तीय सबलता, बजार प्रतिष्ठा, दर्ता र इजाजतपत्रबारे जानकारी लिनु आवश्यक छ।

नगदको सट्टा डिजिटल वा बैंक खातामार्फत भुक्तानीः बीमाशुल्क भुक्तानी नगदमा गर्दा ठगिने जोखिम हुन्छ। अनलाइन भुक्तानी वा बैंक खातामा अनलाइन स्थानान्तरणजस्ता सुरक्षित विकल्प छनोट गर्नु उपयुक्त हुन्छ।

संवेदनशील जानकारी सुरक्षित राख्नुहोस्ः सामाजिक सञ्जालमा गोप्य जानकारीहरु सार्वजनिक गर्दा अनलाइन धोकाधडीको सिकार हुने संभावना हुन्छ। विश्वसनीय स्रोतसँग मात्र जानकारी साझेदारी गर्नुपर्छ।

बीमालेखका विवरणहरु राम्ररी पढ्नुहोस्ः बीमालेखका सर्त, जोखिम रक्षावरण, दाबी प्रक्रिया, र नवीकरणका सर्त राम्ररी अध्ययन गर्नुहोस्। अस्पष्ट सर्तमा स्पष्टता खोज्नुहोस्। तपाइँको बीमा तपाइँको आवश्यकता र अपेक्षासँग मेल खान्छ।

बीमा ठगी र जालसाजीबाट जोगिन सजग रहनुहोस् र सही जानकारी प्राप्त गरी मात्र बीमा गराउनुहोस्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS