काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,०८३ को विन्दुमा कायम भएको छ । आज १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शका लगानीकर्ताले ८ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलुका लगानीकर्ताले ८ दशलमव ४८ प्रतिशतका दरले कमाएका छन् ।