IME Life New

धितोपत्र बोर्डको प्रवक्तामा नवराज अधिकारी, आइपीओ अनुमति प्रक्रिया पनि खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा नवराज अधिकारीले पाएका छन्।

धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका प्रतिनिधि नरेन्द्रकुमार रानाले बिहीबार अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। अधिकारीले धितोपत्र बोर्डमा अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन्।

Esewa
Crest

यसअघि धितोपत्र बोर्डमा कार्यकारी निर्देशक डा मुक्तिनाथ श्रेष्ठ प्रवक्ताको भूमिका थिए। उनले नियमन विभागका प्रमुख हुन्।

यसैबीच धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको आइपीओ, हकप्रदजस्ता साधारण शेयरको सार्वजनिक निष्कासनको अनुमति प्रक्रिया पनि खुला गर्ने तयारी गरिरहेको छ। कैफियत नदेखिएका कम्पनीहरुले शेयर जारी गर्न अनुमति दिने तयारी भइरहेको धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताए। ‘सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मात्रै शेयर निष्कासन गर्न दिने पक्षमा सञ्चालक समितिका पदाधिकारीहरु एकमत छन्’, ती अधिकारीले भने।

सञ्चालक समितिको बैठक जेठ २० गते (आइतबार) डाकिएको छ। सोही बैठकले आइपीओ अनुमति दिने प्रक्रिया खुला गर्न सक्ने ती अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS