IME Life New

अबदेखि बीमा अभिकर्ताको तालिम अनलाइन माध्यमबाट, प्रमाणपत्र पनि डिजिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले अब विद्युतीय प्रणालीबाट अभिकर्ता तालिम सञ्चालन गर्नुपर्ने भएको छ। कम्पनीहरुले तालिमपछि अभिकर्तालाई ई–प्रमाणपत्र (डिजिटल) पनि उपलब्ध गराउनुपर्नेछ।

नेपाल बीमा प्राधिकरणले बीमक (जीवन, निर्जीवन र लघु)का नाममा परिपत्र जारी गर्दै डिजिटल माध्यमबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्ने निर्देशन दिएको हो। अब बीमा कम्पनीहरुले अभिकर्ता तालिम निर्देशिका, २०७२ बमोजिम हुने गरी, विद्युतीय कारोबार ऐन, २०६३ र नियमावली, २०६४ को अधिनमा रही विद्युतीय प्रणालीबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्नेछ।

Esewa
Crest

त्यस्ता तालिमको अभिलेख बीमकले सुरक्षित राख्नुपर्ने तथा प्रमाणपत्रसमेत सूचना प्रविधि (डिजिटल) गर्न सक्ने प्राधिकरणले जनाएको छ। अभिकर्ता तालिमका लागि आवश्यक सफ्टवेयर सञ्चालन गर्नुपूर्व बीमकले प्राधिकरणमा जानकारी गराउनुपर्ने पनि परिपत्रमा उल्लेख छ।

बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ताको दर्ता, परीक्षा सञ्चालन तथा प्रमाणपत्र प्रदान, इजाजतपत्र जारी गर्ने तथा नवीकरणसम्बन्धी सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS