IME Life New

बजेट घोषणाप्रति बीमा क्षेत्रको चीसो प्रतिकृयाः अगुवा भन्छन्, खासै उत्साहप्रद हुन सकेन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको तर्फबाट सार्वजनिक गरेको बजेट वक्तव्यमा बीमा क्षेत्रले चीसो प्रतिकृया दिएको छ । बजेटमार्फत् बीमा क्षेत्रले अपेक्षा गरेका विषयवस्तुहरूलाई खासै सम्बोधन नगरिएको भन्दै बीमा क्षेत्रका अगुवाहरूले बजेट उत्साहप्रद हुन नसकेको प्रतिकृया दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बजेटमा बीमा सम्बन्धमा सीमित विषयवस्तु सम्बोधन गरिएको प्रतिकृया दिए । उनले इन्स्योरेन्स खबरसँगको संक्षिप्त कुराकानीमा नियामक निकायको क्षमता वृद्धि, कृषी बीमा र लघु बीमाको विषय बजेटमा समावेश गरिएको भएपनि प्राधिकरणको तर्फबाट दिइएको १२ बुँदे सुझावलाइ बजेटमा सम्बोधन हुन सकेन । उनले भने, सरकारले केही विशेष कार्यक्रम ल्याउँछ भन्ने आशा थियो, नआए पनि बीमा क्षेत्रले आफैंले बाटो पहिल्याउनेछ।

Crest

जीवन बीमक संघ नेपालका अध्यक्ष  पोषक राज पाैडेलले बजेट घोषणा बीमा क्षेत्रका लागि खासै उत्साहप्रद हुन नसकेको प्रतिकृया दिए । उनले भने, कर छुट दिने लगायतका जीवन बीमाको विषयमा बजेटमा सम्बोधन नै भएन । उनले कृषि बीमामा अनुदान, लघु बीमा, बीमा प्राधिकरणको नियमन बढाउने र बालबालिकाको स्वास्थ्य बीमाको विषय समावेश गरिएको भएपनि समग्र बीमा क्षेत्रका लागि पर्याप्त नभएकाे बताए।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बजेटमार्फत् सरकारले कोरोना बीमा दाबी भुक्तानीका लागि रकम विनियोजन गर्ने अपेक्षा गरिएको भएपनि यो विषय सम्बोधन नै नभएकाेमा असन्तुष्टी जनाए । उनले कृषि  बीमावापतको अनुदानका लागि सीमित रकम विनियोजन गरिएकाले कृषि  बीमाको लाभ बिस्तार हुन नसक्ने प्रतिकृया दिएका छन् ।

आगामी बजेटमा यस्ता छन् बीमा क्षेत्रसँग सम्बन्धित ९ बुँदा

लघु बीमक संघका अध्यक्ष चिरायू भण्डारीले लघु बीमा सम्बन्धमा थोरै सम्बोधन भएपनि बजेटको पूर्ण विवरण प्राप्त हुन नसकेकाे बताए । उनले भने, बजेटमा सम्बोधन हुन नसके पनि लघु बीमा कम्पनी आफ्नै रणनीतिका आधारमा अघि बढ्नेछन् । उनले स्थानीय पालिकाहरूसँगकाे सहकार्यमा लघु बीमा कम्पनीहरू अघि बढ्नुपर्ने आवश्यक भएको धारणा व्यक्त गरे ।

सरकारले आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यमार्फत् बीमा क्षेत्रसँग सम्बन्धित विषयलाई नाै वटा बुँदामार्फत् सम्बोधन गरेको छ । ती मध्ये सीमान्तकृत समुदायलाई लघु वित्तमा आवद्ध गर्दै लगिनेछ भन्ने घोषणाले बीमाको सुरक्षा विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS