IME Life New
GBIME

कहिलेसम्म शेयर किन्नले स्वरोजगार लघुवित्तको प्रस्तावित लाभांश पाउने ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख १० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

संस्थाले आफ्नो १६ औँ वैशाख २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।

Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न र गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS