IME Life New

बीमा क्षतिपूर्तिको रकम आयमा नदेखाउने १५ करदाताबाट रु. ३.३० करोड ब्याजसहित असुल गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बीमा क्षतिपूर्तिबापतको प्राप्त रकम आयमा नदेखाउने १५ जना करदाताबाट करबापत ३ करोड ३० लाख रुपैयाँ ब्याजसहित असुलउपर गर्न निर्देशन दिएको छ। कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा यस्तो निर्देशन दिइएको हो।

आयकर ऐन, २०५८ को दफा ३१ मा बीमालगायतका क्षतिपूर्तिबापत प्राप्त रकम आयमा समावेश गर्नुपर्ने व्यवस्था छ।आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली तथा करदाताहरुले वित्तीय विवरणअनुसार विभिन्न बीमा कम्पनीबाट क्षतिपूर्तिबापत प्राप्त रकम आय वर्ष २०७९।८० को आयमा समावेश नगरेको वा न्यून रकममात्रै समावेश गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

आन्तरिक राजस्व कार्यालय भैरहवा (बुटवल)लगायत ६ कार्यालयबाट १५ करदाताले बीमा क्षतिपूर्तिबापत प्राप्त रकम आय लेखांकन नगरेकोले छुट हुन गएको कर ३ करोड ३० लाख ७२ हजार र शुल्क एवं ब्याजसमेत छानबिन गरी असुल गर्न महालेखाले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS