IME Life New

बीमकले विद्युतीय माध्यमबाट पनि बीमालेख जारी गर्न पाउने, ग्राहकलाई डिजिटल अकाउन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबदेखि बीमकले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न पाउने भएका छन्। नेपाल बीमा प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स–२०२४’ जारी गर्दै यस्तो व्यवस्था गरेको छ।

अब जीवन र निर्जीवन बीमक तथा लघु जीवन र निर्जीवन बीमकले इच्छुक ग्राहकको डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्न पाउनेछन्। बीमकले ग्राहकको डिजिटल इन्स्योरेन्स अकाउन्ट खोली डिजिटल माध्यमबाट पोलिसी खरिदबिक्री गर्नुपर्ने व्यवस्था गाइडलाइन्समा गरिएको छ। यसका लागि बीमकले ग्राहकको अकाउन्ट खोलेर युजर नेम र पासवर्ड उपलब्ध गराउनुपर्नेछ।

Esewa
Crest

डिजिटल अकाउन्ट खोलेपछि नियामकले मापदण्डअनुसार ग्राहकको केवाईसी अद्यावधिक गर्नुपर्ने अनिवार्यता गरिएको छ। ग्राहक डिजिटल अकाउन्टको नम्बर युनिक हुनुपर्ने व्यवस्था गर्नुपर्ने पनि प्राधिकरणले जनाएको छ। यसका लागि ग्राहकको ई–मेल आईडी वा मोबाइल नम्बर अनिवार्य रहेको गाइडलाइन्समा उल्लेख छ।

यसैगरी नियामक स्वीकृत गरेबमोजिम बीमकले डिजिटल माध्यमबाट बीमा व्यवसाय गर्न ई–प्रपोजल तयार गर्नुपर्नेछ। ई–प्रपोजलमा अभिकर्ताको पूर्ण विवरण पनि समावेश गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

बीमक जारी भइसकेका बीमालेख पनि डिजिटलमा रुपान्तरण गर्न पाउने भएका छन्। बीमितको स्वीकृतिमा बीमकले जारी भइसकेका बीमालेख डिजिटल फरम्याटमा रुपान्तरण गर्न सक्नेछन्। यसरी डिजिटलमा रुपान्तरण गरिएका बीमालेखका बारेमा कम्पनीहरुले आफ्नो वेबसाइटमा अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS