IME Life New

डिजिटल भुक्तानी गर्दा कारोबार सफल भएन तर खाताबाट पैसा घट्यो ? यस्तो छ हिसाब मिलानको प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानीका माध्यमबाट हुने कारोबारले फड्को मारेको छ। योसँगै नगदरहित कारोबारप्रति सर्वसाधारण प्रोत्साहित हुँदै गएका छन्।

प्रविधिको सहजतासँगै केही अप्ठ्यारोहरु पनि हुने गरेका छन्। कहिलेकाहीँ डिजिटल भुक्तानीका माध्यमबाट कारोबार गर्दा सफल नहुने गरेका छन्। तर, बैंक खातामा पैसा घट्दा सेवाग्राहीले केही झन्झट पनि व्यवहोर्नुपर्ने अवस्था रहेको छ।

Esewa
Crest

डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङलगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहुँदा पनि कहिलेकाहीँ प्राविधिक कारणवश खाताबाट मौज्दात (ब्यालेन्स) घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले तोकेको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था छ।

यस्ता छन् व्यवस्था

  • विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार भएपछिको १ दिन (टी प्लस १) भित्र,
  • विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक–फरक भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन (टी प्लस ३) भित्र,
  • विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक–फरक भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी प्लस ३०) भित्र

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ । यससम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले सुझाएको छ। ‘नियामकीय व्यवस्थाप्रति जानकार रही डिजिटल वित्तीय कारोबार गरौँ’, राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS