काठमाडौं । जेठ ७ गते सोमबार नेप्से परिसूचक २०९२.०० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २७.५४ अंकले बढेको छ।
५ अर्ब ८५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ६१ करोड ५० लाखको कारोबार भएको छ जसमा ३२ करोड ६ लाखको खरीद छ भने २९ करोड ४३ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २९ करोड ७९ लाखको खरीद छ भने २४ करोड ३९ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये सबैले खरिद धेरै गरेका छन् ।