IME Life New

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक भारती थाइल्याण्ड प्रस्थान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् । यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनी सँगै थाइल्याण्ड गएका छन् ।

पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुने छन ।

Esewa
Crest

खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहाभागी हुनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथि सेवा अन्र्तगतको विकाश शिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामाग्री तथा मेडिकल इन्स्योरेन्सको लागि प्रायोजन गरेको छ । साथै गोकर्णेश्वर नगरपालिकाबाट  ५० हजार आर्थिक सहयोगको प्रतिबद्धता भएको छ ।

नेशनल पारालिम्पीक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले पनि खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । खेलमा सहभागि हुनको लागि आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नु पर्ने हुदाँ खेलाडी तथा प्रशिक्षकले जनही लगभग एक एक लाख स्वंयम व्यक्तिगत रुपमा लगानी गर्नुपर्ने खेलाडी थापाले बताए ।

विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्थानै नरहेको खेलाडी तथा प्रशिक्षकले बताए । राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराई पारालिम्पीक छनोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिदाँ पनि कुनै पनि निकायबाट सुनुवाई नभएको खेलाडी केशव थापा बताउँछन् । अपांगता भएका खेलाडीहरुको प्रोत्साहनका लागि सरकारबाट आवश्यक सहयोग गर्न खेलकुदमा दीर्घकालीन योजनाको खाँचो रहेको छ । राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सकेमात्र खेलकुद क्षेत्रले गति लिने हुँदा सरकारको बेलैमा यसतर्फ ध्यान जान जरुरी छ ।

को हुन् खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती ?

केशव थापा नेपालमा आयोजना भएका ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पीयन समेत भई सकेका खेलाडी हुन । केशव थापा पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान, जापान, पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत देशको प्रतिनिधित्व गर्दै बगंलादेशमा गोल्ड मेडल समेत जित्न सफल नेपाली पारा टेबल टेनिसमा हाल विश्व बरियतामा रहन सफल एकमात्र पारा टेबल टेनिसका खेलाडी हुन । १३ बर्ष अघी मेरुदण्ड पक्षघात भई अपाङता भएका थापाको जन्म स्थान धवलागीरी गा।पा ७ धारापानी, म्याग्दीमा जन्मेका हुन भने विगत १२ बर्ष देखी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा बस्दै आइरहेका छन ।

प्रशिक्षक बसन्त भारती चौथो पारा एसियन खेल हान्जाउ चाइनामा नेपाली टेबल टेनिसको प्रशिक्षकको जिम्मेवारी पुरा गरिसकेका प्रशिक्षक हुन । प्रशिक्षक भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन । उनी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थायी बासिन्दा हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS