IME Life New

‘अर्थतन्त्रमा बीमा क्षेत्रको भूमिका निकै ठूलो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निमित्त प्रमुख डा नवराज अधिकारीले अर्थतन्त्रमा बीमा क्षेत्रको भूमिका निकै ठूलो रहने बताएका छन्।

नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा निमित्त प्रमुख अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘देशमा लगानीको वातावरण बनाउन, लगानीलाई सुरक्षा प्रदान तथा समग्र वित्तीय स्थायित्वलाई समेत योगदान पुर्याउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ’, उनले भने।

Esewa
Crest

बीमा क्षेत्रको विस्तार र विकासमा बीमा प्राधिकरणले महत्वपूर्ण भूमिका खुल्दै आएको अधिकारीले बताए। पछिल्लो समय निकायम निकाय बीमा प्राधिकरणको नेतृत्वले बीमाको पहुँच देशव्यापी बनाउने सन्दर्भमा, बीमाको दायरा बढाउने सन्दर्भमा, बीमासम्बन्धी स्पष्ट राष्ट्रिय नीति तयार गर्ने सन्दर्भमा, बीमा व्यवसायलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा र बीमा साक्षरता बढाउने सन्दर्भमा एउटा अनुकरणीय भूमिका खेलेको उनको भनाइ थियो।

आउँदा दिनमा बीमा प्राधिकरण अझै प्रभावकारी भूमिका खेल्ने र समग्र वित्तीय क्षेत्रमा स्थायित्व ल्यान बीमा क्षेत्रले ठूलो खेल्नेमा आफूहरु आशावादी रहेको पनि अधिकारीले बताए। ‘यसका लागि अन्य नियमनकारी निकायहरुले सहकार्य गरिरहेको र आउँदा दिनमा पनि गर्नेछन्’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS