IME Life New

वित्तीय स्थायित्वमा बीमालाई सशक्त क्षेत्रका रुपमा स्थापित गर्न ‘बीमा नीति’ कोशेढुंगा साबित हुन्छः पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय स्थायित्वमा बीमालाई सशक्त क्षेत्रका स्थापित गर्न बीमा नीति कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्।

बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले यस्तो विश्वास व्यक्त गरेका हुन्। ‘बीमा क्षेत्रलाई मार्गदर्शन गर्न छाता नीतिका रुपमा पहिलोपटक ‘राष्ट्रिय बीमा नीति, २०८०’ कार्यान्वयनमा आइसकेको छ’, उनले भने, ‘बीमा सेवालाई सरल, सहज, पहुँचयोग्य, विश्वासनीय र समावेशी बनाउनका लागि, बीमित हकहित सुरक्षा गर्न र बीमालाई वित्तीय स्थायित्व कायम गर्न सशक्त क्षेत्रका रुपमा विकास गर्न राष्ट्रिय बीमा नीति कोशेढुंगा साबित हुने हाम्रो विश्वास छ।’

Esewa
Crest

कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले बीमा ऐन, २०७९ कार्यान्वयनका लागि तयार गरिएको नियमावलीको मस्यौदालाई अन्तिम रुप दिई स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी पनि दिए। ‘उक्त नियमावली छिट्टै स्वीकृति भएर आउनेमा बीमा प्राधिकरणले अपेक्षा गरेको छ’, उनले भने।

बीमा नियामवली स्वीकृत हुना साथ ऐनमा व्यवस्था भएबमोजिम बीमा विकास कोष, बीमित हित संरक्षण कोष, बीमा सूचना केन्द्र, बीमा कलेज स्थापना गर्ने कार्यलाई मूर्त रुपमा दिन बीमा प्राधिकरण लागिपरेको कार्यकारी निर्देशक पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS