IME Life New

आर्थिक र वित्तीय क्षेत्रको स्थायित्वका लागि बीमाको योगदान महत्वपूर्णः डेपुटी गभर्नर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले आर्थिक र वित्तीय क्षेत्रको स्थायित्वका लागि बीमाको योगदान महत्वपूर्ण रहेको बताइन्।

नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर तिम्सिनाले बीमाको योगदानबारे अवगत गराएकी हुन्। ‘आर्थिक क्रियाकलापमा हुन सक्ने जोखिमलाई न्यूनकरण गर्न, लगानी प्रवर्द्धन गर्न तथा भविष्यको सुनिश्चितताका लागि बीमाको महत्वपूर्ण हुन्छ’, उनले भनिन्।

Esewa
Crest

जीवन तथा निर्जीवन बीमासम्बन्धी विभिन्न नीति तथा योजनाहरु तर्जुमा गरी बढीभन्दा बढी सर्वसाधारणलाई बीमाको दायरामा ल्याउन नियामक निकाय बीमा प्राधिकरणले महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको पनि तिम्सिनाले बताइन्।

नेपालको बीमा क्षेत्रले हालसम्म प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गर्दै बीमा व्यवसायलाई थप प्रभावकारी बनाउन बीमा शिक्षा र लघु बीमा व्यवसाय प्रवर्द्धन तथा बीमितसँग सम्बन्धित कार्यमा जोडी दिई बीमालाई हरेक आर्थिक क्रियाकलापको अभिन्न अंगका रुपमा अगाडि बढाउनु टड्कारो आवश्यक रहेको तिम्सिनाले औँल्याइन्।

वार्षिकोत्सवको यस महत्वपूर्ण अवसरमा बीमा व्यवसायलाई अझ बढी प्रतिस्पर्धी र विश्वसनीय तुल्याउने कार्यमा प्राधिकरणलाई थप सफल अनि मोर्चा मिलोस् भन्ने शुभकामना पनि तिम्सिनाले दिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS